२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

गठबन्धन बैठक

मन्त्रीपरिषद् विस्तारबारे छलफल : "बैठक निर्णय बिना नै टुङ्गियो"

पहिले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति भयो : अध्यक्ष यादव

सोमवार , श्रावण १८, २०७८

काठमाडौं, साउन । प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव बिच  बालुवाटारमा भएको बैठक निर्णय बिना नै टुङ्गिएको छ । 
मन्त्रीपरिषद् विस्तारबारे छलफल हुने बताइए पनि सो विषयमा बैठकमा कुनै निर्णय नभएको बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । 
‘मन्त्रीपरिषद् विस्तारबारे छलफल भयो, तर कुनै निर्णय भएन, पहिले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने विषयमा सहमति भयो,’ जसपा अध्यक्ष यादवले भने । 
उच्च स्रोतका अनुसार कसले कति मन्त्रालय लिने भन्नेमा नेताहरूबिच सहमति हुन नसक्दा मन्त्रीपरिषद् विस्तारबारे सहमति हुन नसकेको हो । ‘सोमवारको बैठकमा कसले कति मन्त्रालय लिने भन्ने छलफल गर्ने कुरा थियो, त्यही विषयमा नै कुरा मिलेन, अब अहिले तत्काल मन्त्रीपरिषद् विस्तार हुँदैन,’ स्रोतले भन्यो । 
प्रधानमन्त्रीमा देउवा नियुक्त भएको सोमवार २१ दिन पुगिसकेको छ । देउवाले मन्त्रीपरिषद् विस्तार नगर्दा सरकारको आलोचनासमेत सुरु हुन थालिसकेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार