२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

२४ घण्टामा देशभर : ३ हजार १२५ संक्रमित,२३ को मृत्यु

सोमवार , श्रावण १८, २०७८

काठमाडौं, साउन । पछिल्लो २४ घण्टामा देशभर  ३१२५ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । सक्रिय संक्रमित मध्ये ६९० जना आईसीयू र १७५ जना भेन्टिलेटरमा रहेका छन् । 
यस्तै २८ हजार ४०५ जना होम आइसोलेशन मै हुँदा ३ हजार २२४ जना भने संस्थागत आईसोलेशनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोनाभाइरस संक्रमण भएको हो । 
मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार १९८ र पीसीआर विधिबाट १० हजार ६१३ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट ८६४ र पीसीआर विधिबाट २२७९ जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा देशभर १९२५ जना संक्रमण मुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । 
हालसम्म संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ९९ हजार ६४९ पुगेको छ भने एन्टिजेनबाट ६२ हजार ७८३ पुगेको छ । यस्तै संक्रमितमध्ये ६ लाख ५८ हजार १२२ जना निको भएका छन् । 
हालसम्म मृतकको कुल संख्या ९ हजार ८९८ हुँदा निको हुने दर ९४।१ प्रतिशत रहेको छ । अर्थात हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ।  सक्रिय संक्रमितमध्ये ६९० जना आईसीयू र १७५ जना भेन्टिलेटरमा रहेका छन् । 
२८ हजार ४०५ जना होम आइसोलेशन मै हुँदा ३ हजार २२४ जना भने संस्थागत आईसोलेशनमा रहेका छन् । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार