२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

देशभरि नै कोभिड-१९ सङ्क्रमित : "भरिन थाले काठमाडौँका अस्पताल"

आइतवार , श्रावण १७, २०७८

काठमाडौँ, साउन । काठमाडौँ उपत्यका लगायत देशभरि नै कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । खास गरी निषेधाज्ञा लगभग पूर्ण रूपमा खुकुलो भएसँगै सङ्क्रमणले फेरि गति लिएको हो ।
हिजो अर्थात् शनिवार सङ्क्रमण दर २२ प्रतिशत देखिएको थियो । १३ हजार ५१९ नमुना परीक्षण गर्दा हिजो ३ हजार १ सय ६ मा सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमण बढिरहेको मात्रै नभई सक्रिय सङ्क्रमितको सङ्ख्या समेत बढ्दो छ । गत साता करिब २७ हजार रहेको सक्रिय संक्रमित सङ्ख्या ३१ हजार नाघेको छ ।
काठमाडौँ उपत्यकाका अस्पतालहरूमा कोरोना भाइरसबाट संक्रमित भई भर्ना हुनेको सङ्ख्या बढ्न थालेको छ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सङ्क्रमितहरू भरिसकेको अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले बताए । 
पाटन अस्पतालमा पनि सङ्क्रमित भएर भर्ना हुनेको सङ्ख्या बढेको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पनि १६० भन्दा बढी संक्रमित भर्ना भइसकेका छन् ।

सशस्त्र प्रहरी अस्पताल बलम्बुका डा. प्रवीण नेपालले अस्पतालको क्षमता थप गरेर आजैबाट २०० बिरामीसम्म भर्ना गर्ने तयारी गरिरहेको बताएका छन् । अस्पतालमा दैनिक १० देखि १५  भर्ना हुन आइरहेको डा, नेपालले बताए ।
यस्तै त्रिभुवन शिक्षण  अस्पताल महारागञ्जमा  १३६ संक्रमित भर्ना भइसकेका छन् । टिचिङ अस्पतालका डा. सन्तकुमार दासले दैनिक ४० सम्म भर्ना हुन आइरहेको बताएका छन् । तीमध्ये २५ देखि २७ लाई भर्ना गरिरहेको उनले बताए ।
उपत्यकाका मुख्य अस्पतालहरूमा संक्रमित भएर भर्ना हुनेको सङ्ख्या बढेसँगै सङ्क्रमणले फेरि ठुलो रूपले स्वास्थ्यकर्मीहरू आशङ्का छ ।
टेकु अस्पतालका निर्देशक डा, बास्तोलाले एक दुई हप्तामा नै सङ्क्रमण निकै नै बढ्न सक्ने र  तेस्रो लहर सुरु हुनसक्ने चेतावनी समेत दिएका छन् ।
 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार