काठमाडौं, साउन । पछिल्लो २४ घण्टामा ३,१०६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ मा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ मा गरिएको एन्टिजेन परीक्षणमा ८२६ गरी ३,१०६ मा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ को मृत्यु भएको छ भने १९१६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७७५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ संक्रमित भेटिएका छन् । त्यस्तै चितवनमा २३२, कास्कीमा २०२, मोरङमा १६९, झापामा १५३, सुनसरीमा ११९ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।