२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

जसपा बैठक : ' शनिबार संसदीय दलको नेता छान्ने, आइतबार मन्त्रीको नाम टुङ्याउने'

बिहिवार , श्रावण १४, २०७८

काठमाडौं, साउन । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको छान्ने र आइतबार मन्त्रीको नामावली टुंगो लगाउने गरी आन्तरिक तयारी थालेको छ ।

विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको हो ।

पार्टीका शीर्ष नेतामध्येबाट संसदीय दलको नेता चयन गर्ने तयारी छ । त्यस्तै बैठकले भदौ १ देखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईका अनुसार मंसिरसम्म संगठन सुदृढीकरण र जनजागरण अभियानका लागि अस्थाइ कार्यविभाजन पनि गरिएको छ । जस अन्तर्गत केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई जिम्मा दिइएको छ ।

त्यस्तै नवराज सुवेदीको संयोजकत्वमा अनुशासनसम्बन्धी छानबिनका लागि समिति बनाइएको छ । समितिमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ रहेका छन् ।

डा. भट्टराईले तीन दिनसम्म चलेको अत्यन्त जीवन्त र महत्वपूर्ण बैठकले दूरगामी महत्वका निर्णय गरेको र देशलाई समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवादी विकल्प प्रदान गर्ने संकल्प गरेको बताएका छन् । विहीबारको बैठकमा मन्त्रीहरुको नाममा सामान्य मात्र छलफल भएको छ ।

संसदीय दलको नेता चयनपछि मन्त्रीहरुको नामावलीबारे छलफल गरिने भएको छ । मंगलबारबाट जारी बैठकमा संगठन विस्तार, कार्यकारिणी समितिको पूर्णता तथा समायोजन लगायतको विषयमा मात्र छलफल भइरहेको थियो । तर बुधबारको बैठकले मन्त्री छान्ने जिम्मा उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईलाई दिइसकेको छ ।

जसपाले कम्तीमा ६ वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसद छन् । जसमध्ये २२ उपेन्द्र पक्षका छन् । दुई  निलम्बित छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार