२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस १४ औं महाधिवेशन

नेपाली कांग्रेस : ' पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्दै'

बिहिवार , श्रावण १४, २०७८

काठमाडौं, साउन । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको छ ।

बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए । बुधबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो ।

सो समय बिहीबार दिउँसो सकिंदै छ । क्रियाशील सदस्यताको विवादका कारण कांग्रेसको आगामी महाधिवेशन निर्धारित मिति भदौ १६ मा नहुने निश्चित भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार