२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्री देउवाले गराए योजना आयोगका उपाध्यक्ष र सदस्यहरुलाई सपथ

बिहिवार , श्रावण १४, २०७८

काठमाडौँ, साउन । नवनियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले आज विहीबार सपथ ग्रहण गरेका छन् ।

विहीबार विहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शेर बहादुर देउवाले आयोगको उपाध्यक्ष डा.विश्वनाथ पौडेल साथै सदस्यहरु रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्ती गरेको थियो । आयोगमा एक उपाध्यक्ष, आठ  सदस्य र एक जना सदस्य सचिव रहने व्यवस्था छ ।

बजेट निर्माण र बजेट कार्यान्वयनको अनुगमन, योजना निर्माणमा भूमिका खेल्ने भएकाले आयोगको पदलाई शक्तिशाली मानिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार