२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

टोकियो ओलम्पिक : 'गौरीकाले आफ्नै कीर्तिमान तोडिन् '

बुधवार , श्रावण १३, २०७८

काठमाडौँ, साउन । जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरीका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

टोकियो एक्वेटिक सेन्टरमा बुधवार भएको खेलमा गौरीकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। एक सय मिटर फ्रिस्टाइलमा उनले एक मिनेट००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

गौरीकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उनी तेस्रो स्थानमा रहिन् । यस स्पर्धामा उत्कृष्ट १६ खेलाडी मात्र सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

पचास मिटरको लङ कोर्समा गौरीकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् । यसअघि उनको नाममा १:००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

ओलम्पिकमा गौरीकाको यो दोस्रो सहभागिता हो । यसअघि २०१६ मा गौरीका रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार