२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

चिनियाँ प्रधानमन्त्रीको देउवालाई बधाई

सन्देशमा भने : ' नेपालसँगको सम्बन्ध र साझेदारी अनन्तकालसम्म रहिरहने चिनियाँ चाहना '

बुधवार , श्रावण १३, २०७८

काठमाडौँ, साउन । नेपालको प्रधानमन्त्री नियुक्त शेरबहादुर देउवा हुनुभएकामा चीनका प्रधानमन्त्री ली खछ्याङले हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको छ ।

चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी देउवालाई आज बधाई सन्देश पठाएर चीन र नेपालबीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने मैत्री चिनियाँ चाहना भएको बताउनुभएको छ ।

सन्देशमा चिनियाँ प्रधानमन्त्रीले वेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत सहयोग, कोरोना महामारी नियन्त्रण, त्यसविरुद्धको प्रतिकार्य तथा महामारीका कारण थलिएको अर्थतन्त्रको पुनरुत्थानमा सघाउन चीन क्रियाशील रहने उल्लेख गर्नुभएको छ ।

साथै उहाँले पारस्परिक हितका खातिर काम गर्न तथा चीन र नेपालबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ तुल्याउँदै नयाँ उचाइ चुम्ने अभिलाषा प्रकट गर्नुभएको छ ।

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवालाई उक्त मन्त्रालयमार्फत आफ्ना प्रधानमन्त्रीको सन्देश आजै परराष्ट्रका अधिकारीलाई बुझाउनुभएको हो । रासस  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार