२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सत्तारुढ गठबन्धन बैठक

बालुवाटारमा बैठक जारी : "मन्त्रिपरिषद पूर्णता दिने विषयमा छलफल"

गठबन्धन  बैठकमा एमाले माधव नेपाल पक्ष पनि सहभागी

बुधवार , श्रावण १३, २०७८


 
काठमाडौं, साउन  । आज बुधबार सत्ता गठबन्धनमा आबद्ध दलको संयुक्त बैठक बालुवाटारमा  जारी छ ।सो गठबन्धन  बैठकमा एमाले माधव नेपाल पक्षको  पनि  प्रतिनिधित्व छ ।

सो छलफल मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण गर्नेबारे छलफल गरिने भएको छ ।  बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सहभागीता रहेको छ ।  जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

सत्ता गठबन्धनको बैठकमा एमालेको माधव नेपाल समूहको प्रतिनिधित्व छ । नेपाल समूहबाट डा. विजय पौडेल बैठकमा सहभागी रहेको बालुवाटार स्रोतले बतायो । यद्यपि एमाले सरकारमा जाने नजाने विषय अझै एकीन हुनसकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।  हाल सरकारमा कांग्रेस र माओवादीका दुई–दुई मन्त्री र एक राज्यमन्त्री छन् ।

अब जनता समाजवादी पार्टी (जसपा) लाई समेत समेटेर मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको प्रधानमन्त्री देउवा निकट एक नेताले बताए । ती नेताले भने, ‘जसपाको आधिकारिकता सम्बन्धी विवाद मिलिसकेकाले अब मन्त्रिपरिषद विस्तार हुन्छ ।

त्यही विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो ।’ निर्वाचन आयोगले गत सोमबार जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो ।

’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार