२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

स्वास्थ्य मन्त्रालयको निर्देशन : 'प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्नू'

सोमवार , श्रावण ११, २०७८

काठमाडौं, साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजारवटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना संक्रमणको दर तीब्र रुपमा बढ्न गई अर्को लहर आउन सक्ने सम्भावना रहेको भन्दै उक्त सम्भावित चुनौतीको सामना गर्न प्रदेश आपूर्ति केन्द्रलाई अक्सिजन सिलिण्डर भरेर राख्न निर्देशन दिएको हो मौजुदा सिलिण्डर पनि खाली नराख्न र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्सिजन कन्सन्ट्रेसन चालु र चुस्त अवस्थामा राख्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

 

 
   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार