२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले नेपाल समूह बैठक : 'पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष'

सोमवार , श्रावण ११, २०७८

काठमाडौं, साउन । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । साथै अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई एकता प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन र भेटवार्ता गर्न आग्रह गरेको छ ।

नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक आइतबार र सोमबार लगातार दुई दिन बसेको थियो । बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।

साथै पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेको छ ।

सबै नेताहरुले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन्, बैठकपछि नेता रघुजी पन्तले भने, दुवै पक्षका शीर्ष नेताहरुले पार्टीको एकताका लागि भएका प्रयासहरुलाई बिथोलिने गरी अभिव्यक्ति दिनु भएन ।

उनले अघि भने, नेकपा एमालेका देशभरिका कार्यकर्ता, मतदाता र मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनता एमालेको एकता चाहन्छन् भन्ने आत्मबोध गरिएको छ ।

त्यसैले पार्टी एकतालाई गम्भीरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्छ भन्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार