२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा: थप २ हजार २३७कोरोना संक्रमित, १८ को मृत्यु

आइतवार , श्रावण १०, २०७८

काठमाडौं ,साउन । पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोभिड १९ को संक्रमण भएको छ । हालसम्म संक्रमित हुनेको संख्या  ७ लाख ३४ हजार ७९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या  ९ हजार ७ सय १३ पुगेको छ।
हाल सक्रिय संक्रमितको संख्या २७ हजार २ सय २८ रहेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनाको नमुना परीक्षण गरिएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार