काठमाडौँ ,साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा श्रेष्ठलाई संविधानको धारा ७६ को उपधारा ९ बमोजिम स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको हो।
मन्त्रालयको मुख्य जिम्मेवारी प्रधानमन्त्री देउवासँगै रहने भएको छ। नव नियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको सपथ अपरान्ह ५ वजे प्रधानमन्त्री कार्यलयमा हुने भएको छ।