२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोराना : 'सङ्क्रमितको सङ्ख्या बढ्दै '

शनिवार , श्रावण ९, २०७८

काठमाडौं, साउन । नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार ११४ पुगेको छ ।

यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख ७९ हजार १७ पुगेको छ । शुक्रबार सङ्क्रमितको सङ्ख्या दुई हजार ९७७ थियो । पछिल्लो २४ घण्टामा थप १० हजार ६३५ को पिसिआर परीक्षण तथा चार हजार २८५ को एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पिसिआर विधिबाट दुई हजार ३०९ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८०५ मा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म छ लाख ४१ हजार ५६५ कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार १९७ सङ्क्रमित निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा ६१५ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ६१५ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौँका ४२१, भक्तपुरका ८६ तथा ललितपुरका १०८ जना रहेका मन्त्रालयले जनाएको छ ।

काठमाडाँै उपत्यकामा सात हजार ६१९ सक्रिय सङ्क्रमित रहेका छन् । काठमाडौँमा पाँच हजार ५७४, ललितपुरमा एक हजार ११३ तथा भक्तपुरमा ९३२ सक्रिय सङ्क्रमित रहेका छन् ।

थप १६ सङ्क्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १६ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६९५ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार कोरोनाबाट १८ ले ज्यान गुमाएका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार