२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक

कांग्रेस तल्ला तहका अधिवेशन स्थगित : 'केही दिनभित्र अर्को मिति तय हुने'

एक साताभित्र मिति तय गरिने

शनिवार , श्रावण ९, २०७८

काठमाडौं,साउन । साउन १२ का लागि तोकिएको नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशन स्थगित भएका छन् ।  शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास वुढानिलकण्ठमा भएको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको सहमहामन्त्री डा.प्रकाश शरण महतले  जानकारी दिए ।

बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको उनले बताए । एकसाता भित्र मिति तय गरिने उनले जानकारी दिए ।

क्रियाशील सदस्यता वितरणमा विवाद चर्किएपछि निर्धारित मितिमा वडा अधिवेशन गर्न नसकिएको डा.महतले बताए । सदस्यताको छानविन प्रतिवेदन छानविन समिति संयोजक रमेश लेखकले साउन १२ मा पेश गर्दैछन् ।

शुक्रबारको पदाधिकारी बैठकले वडा तहको अधिवेशनको मिति संशोधन गर्ने तर केन्द्रीय महाधिवेशनको मितिलाई नचलाउने विषयमा सहमति बनेको भएपनि केन्द्रीय महाधिवेशन प्रभावित हुने संकेत देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार