२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

अध्यक्ष ओलीले भने : 'बाटो बिराएकालाई आममाफी दिन्छु'

बिहिवार , श्रावण ७, २०७८

काठमाडौं, साउन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्र देखिएको विवादको विषयमा सबैलाई आममाफी दिने बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरे ।

‘बाटो बिराएका, भड्किएका साथीलाई पनि आग्रह गर्न चाहन्छु, पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’

सो कार्यक्रममा ओलीले अझै पनि नेकपा एमाले स्थानीय तहदेखि केन्द्रसम्म नै प्रमुख शक्तिका रूपमा रहेकोसमेत दाबी गरे ।

ओलीले कुनै पनि विकल्पबाट सरकार ढाल्न नसकेपछि आफ्नो नेतृत्वको सरकार ढाल्न सर्वोच्च अदालतको परमादेशको सहारा लिएकोसमेत बताए ।

उनले अब को कहाँ छ भन्ने छाडेर देश र जनताको कुरा गर्न तथा पार्टी एकताको कुरा गर्न सबैमा आग्रहसमेत गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार