२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

माओवादी केन्द्र : 'स्थायी कमिटी बैठक आज बस्दै'

बुधवार , श्रावण ६, २०७८

काठमाडौं, साउन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बोलाइएको हो । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने शाहले बताए । शेरबहादुर देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री छन् ।

सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् । अन्य को-को सरकारमा जाने भन्नेबारे टुंगो लागिसकेको छैन । यसबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफलसमेत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार