२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाल निवासमा प्रचण्ड र उपेन्द्र : 'सरकारमा ल्याउन छलफल '

मंगलवार , श्रावण ५, २०७८

काठमाडौं, साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव पालैपालो एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा पुगेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादवले नेपालसँगको छुट्टाछुट्टै भएको भेटमा नेपाल पक्षलाई पनि सरकारमा ल्याउने बारेमा छलफल गरेका हुन् ।
‘तपाइँहरु पनि सरकारमा आउनुहोस्, सबै मिलेर अघि बढ्नु पर्ने अवस्था छ, हामी एक साथ अघि बढौं,’ प्रचण्डले एमाले वरिष्ठ नेता नेपाललाई भनेको उनी निकट स्रोतले जनाएको छ ।

प्रचण्डको सो प्रस्तावलाई नेपालले सकरात्मक रुपमा लिएका छन् । उनले सो बारेमा आन्तरिक छलफल गर्ने र टुंगो लगाउने जवाफ दिएका हुन् । भेटमा विकसित राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो । 

नेपालसँगको भेटपछि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनको सरकारी निवास वालुवाटार पुगेका छन् । प्रधानमन्त्री देउवासँगको भेटमा सरकार विस्तार र सरकार संचालनमा साझा धारणा बनाउने विषयमा छलफल भएको छ । 
पहिले सरकारका तत्कालिन र दीर्घकालीन कार्यक्रम ल्याउने विषयमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड सहमत भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार