२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्री देउवालाई मोदीको फोनः भारतले कोरोना विरुद्धको खोप दिने तयार

सोमवार , श्रावण ४, २०७८

काठमाडौं, साउन ।  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच खोप सहयोगबारे टेलिफोन वार्ता भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले देउवालाई आज सोमबार फोन गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै प्रधानमन्त्री देउवासँग कुराकानी भएको उल्लेख गरेका छन् । उनले ट्वीटमा दुई देशबीच आपसी सहकार्य हुने भन्दै देउवालाई बधाइ दिएको भनेका छन् । यस्तै कोरोना महामारीको लडाइँमासमेत सँगै लडाइ लड्ने मोदीले ट्वीटमा लेखेका छन् ।

प्रधानमन्त्री देउवा निकट स्रोतले समेत कोरोना बिरुद्धको खोप सहयोग गर्न भारत  तयार प्रधानमन्त्री रहेको जवाफ आएको जनाएको छ । मोदीले तत्कालै आवश्यक खोप उपलब्ध गराउने जवाफ दिएको बताइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार