२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा माओवादी केन्द्र : संसदीय दलको बैठक आज

आइतवार , श्रावण ३, २०७८

काठमाडौं, साउन । नेकपा (माओवादी केन्द्र) ले आज संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बिहान ११ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको जानकारी दिए।

प्रमुख सचेतक गुरुङका अनुसार बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिएको छ । बैठकमा समसामयीक राजनीतिक अवस्थाका लगायतका विषयमा छलफल हुने उनले बताए । पुनस्र्थापित प्रतिनिधिसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गतेका लागि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो । राष्ट्रिय सभाको अधिवेशन असार २८ गते अन्त्य गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार