२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

देउवाको निर्देशन : "घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर "

शनिवार , श्रावण २, २०७८

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानबिन समितिका सदस्य एवम केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न निर्देशन दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कारवाहीका लागि निर्देशन दिएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौलासहित शनिबार बसेको पदाधिकारी बैठकमा भएको छलफल एवं परामर्शपछि देउवाले कारबाहीको निर्देशन दिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतसमेतका व्यक्तिहरुसँग २४ घन्टाभित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम तीन दिनभित्र कारबाहीको टुंगो लगाउन देउवाले अनुशासन समितिलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार