२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

माओवादी केन्द्र : बोलायो आइतबार संसदीय दलको बैठक

शनिवार , श्रावण २, २०७८

काठमाडौँ, साउन । नेकपा (माओवादी केन्द्र)ले आइतबार संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए ।

बैठकमा अनिवार्य उपस्थित हुन प्रमुख सचेतक गुरुङले भनेका छन् । पुन:स्थापित प्रतिनिधिसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साउन ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।

मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति तोकेकी थिइन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार