२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले संसदीय दलको बैठक

अध्यक्ष ओलीले भने : "एमालेविरूद्ध षडयन्त्र शुरू भयो "

शुक्रवार , श्रावण १, २०७८

काठमाडौं, साउन । नेकपा (एमाले) संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले एमालेबिरुद्ध षडयन्त्र शुरुभएको बताएका छन ।  संसदीय दलको बैठकमा आज सम्बोधनका कममा पूर्व प्रधानमन्त्री ओलीले सो टिप्पणी गर्नुभएको सांसद महेस बस्नेतले बताए।

सांसद बस्नेतका अनुसार अध्यक्ष ओलीले बैठकमा भने,  “एमालेबिरुद्ध षडयन्त्र शुरुभएको छ, अझ धेरै षडयन्त्र हुँदै जानेछ, सदन पनि छोटो समय बसेर टुङ्ग्याउन सक्छन्, अध्यादेश ल्याएर हाम्रो पार्टी फोड्ने प्रयास पनि गर्लान् ।” गठबन्धन सरकारले प्रदेश र स्थानीय तहमा समेत अब एमालेलाई दुःख दिने उनले आशंका व्यक्त गर ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई एमालेको कुनै समर्थन नहुने प्रष्ट पार्नुहुँदै अध्यक्ष ओलीले कसैले व्यक्तिगत रुपमा सहयोग गर्छ भने त्यो उसको व्यक्तिगत सहयोग हुने धारणा राख्नुभएको नेता बस्नेतले जानकारी दिए ।

अघिल्लो सरकारले ल्याएको कोभिड खोपबारेमा पनि अब भ्रम सिर्जना गरी आफूले ल्याएकोजस्तो सरकारले पार्ने उनले चर्चा गरे। नेता विजयकुमार गच्छदारको रिहाइ आलम आतङ्क र यातायातको भाडा बृद्धि अब जनताको पीडा थप्ने केही उदाहरण भएको चर्चा गर्नुहुँदै पूर्व प्रधानमन्त्री ओलीले भने “ अरू दलहरूकाे जस्ताे झुट हामी बोल्दैनौ सरकारलाई रास्ट्रघात र जनहितबिरुद्ध काम गर्न दिदैनौ ।”

एमाले अब रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने अध्यक्ष ओलीले बैठकलाई जानकारी गराउनुभयो । प्रतिपक्षी दलको हैसियतले सरकारका हरेक गलत कामको अव प्रभावकारी ढङ्ले भण्डाफोर गर्ने अध्यक्ष ओलीले बैठकमा बताउनुभएको नेता बस्नेतले जानकारी दिए। संसदीय दलको बैठक जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार