२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले स्थायी कमिटी बैठक निर्णय : प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने

शुक्रवार , श्रावण १, २०७८

काठमाडौं, साउन । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रवार बसेको केपी शर्मा ओली पक्षीय एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता सुवास नेम्बाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा जीलाई हाम्रो समर्थन हुँदैन,’ नेम्बाङले हाम्रा कुरासँग भने । बैठकमा माधव नेपाल पक्षका नेताहरू पनि पुगेका थिए ।

सो क्रममा उनीहरूले स्थायी कमिटी बैठक स्थगित गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर अध्यक्ष ओली समूहले बैठक स्थगित नगरेपछि उनीहरू बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार