२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा एमाले : स्थायी कमिटी र संसदीय दल बैठक आज बस्दै

शुक्रवार , श्रावण १, २०७८

काठमाडौं, साउन । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच कटुता बढिरहेको बेला नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ ।

स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ । त्यसपछि दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने छ ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा माधव नेपाल पक्षका नेतालाई पनि बोलाइएको जानकारी दिए । यद्यपि नेपाल पक्षका नेता बैठकमा जाने कि नजाने भन्ने टुंगो लागिसकेको छैन ।

अध्यक्ष ओलीले नेपालसँग सल्लाह नै नगरी एकपक्षीय रुपले बैठक बोलाएको आरोप नेपाल पक्षका नेताहरुले लगाएका छन् । एकपक्षीय रुपमा बोलाइएको बैठकमा सहभागी हुन नहुने नेपाल पक्षका केही नेताहरुको मत छ ।

नेपाल पक्षका नेता एवम् एमाले उपाध्यक्ष युवराज ज्ञवालीले स्थायी कमिटीको बैठकमा सहभागी नहुने बताए । एमालेभित्रको विवादलाई समाधान गर्ने उद्देश्यले दुवै पक्षका नेताहरु सम्मिलित कार्यदलले १० बुँदे सहमति गरेको थियो ।

तर बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिएलगत्तै ओलीले नेपाललाई ‘गद्दार’ भनेकाले उक्त १० बुँदे सहमति पनि संकटमा परेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार