काठमाडौं, असार । काठमाडौं उपत्यकामा ५५३ जनामा संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ७ सय ६८ परीक्षणबाट २६७६ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा ३३९, भक्तपुरमा ८० र ललितपुरमा १३४ गरी ५५३ जनामा संक्रमण पुष्टि भएको हो।
अहिले काठमाडौं उपत्यकामा ७६९३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५४५८, भक्तपुरमा १०६२ र ललितपुरमा ११७३ जना सक्रिय संक्रमित छन्।
यस्तै, मन्त्रालयका अनुसार मुलुकभरमा ८२५६ जनाको पिसिआर परीक्षणबाट १७८२ जनामा संक्रमण पुष्टि भएको छ भने ४५१२ जनाको एन्टिजेन परीक्षणबाट ८९४ जनामा पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७५७ जना संक्रमणमुक्त भएका छन्।
यस्तै ३३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९४६३ पुगेको छ।