२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली काँग्रेस : पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै

बिहिवार , आषाढ ३१, २०७८

काठमाडौं, असार । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक अाज बस्दैछ । बैठक अाज दिउँसो २ बजे बोलाइएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन ।

पार्टीको १४ औै महाधिवेशनको छलफलका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाउनुभएको हो । बैठकमा पार्टीको महाधिवेशनको तयारीको विषयमा सम्बधित भएर छलफल हुने छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका तयारी गरिरहेको त्यस विषयमा नेताहरुबीच छलफल हुने मुख्य सचिव पौडेलले बताए ।

साथै, निर्वाचन निर्देशिका निर्माण भइरहेको र त्यसमा केही कमिकमजोरी र विधानका विषयमा समस्या देखिए भोलिको पदाधिकारी बैठकमा छलफल हुने उनले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार