२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा : थप २९०५ मा कोरोना संक्रमण, १८ को मृत्यु

बुधवार , आषाढ ३०, २०७८

काठमाडौं, असार,। पछिल्लो २४ घण्टामा थप २९०५ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पीसीआर परीक्षणमा २०१० र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ मा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ को मृत्यु भएको छ र १६०६ संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७  रहेका छन् ।

जसमध्ये २४ हजार ९९ होम आइसोलेसनमा र २५ सय ४८ संस्थागत आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ संक्रमित भेटिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार सबैभन्दा धेरै काठमाडौंमा २९४, कास्कीमा २३१, झापामा १७९, मोरङमा १५२, सुनसरीमा १४१ र चितवनमा १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुरमा ६९, ललितपुरमा ६२, नवलपरासी पूर्वमा ५४, रुपन्देहीमा ५२, तनहुँमा ४२, काभ्रेपलाञ्चोकमा ४१, स्याङजामा ३६, नुवाकोटमा ३३, बर्दियामा ३०, गोरखा र दाङमा २७/२७ जना, बागलुङमा २६, लमजुङ र कैलालीमा २२/२२ जनामा कोरोना संक्रमण देखिएको छ ।

सिन्धुपाल्चोक, दैलेख र सुर्खेतमा १८/१८ जना, धादिङ र सल्यानमा १६/१६ जना, पाल्पा र जुम्लामा १३/१३ जना, सप्तरी र गुल्मीमा १२/१२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै १० वर्ष मुनिका ७६ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १८८  कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार