२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाललाई १६ लाख खोप दिने जापानले

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं, असार । । जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप अनुदान स्वरूप दिने भएको छ ।

कोरोना भाइरसविरुद्ध जापानमा नै उत्पादन गरिएको एस्ट्राजेनेकाले विकास गरेको खोप जापान सरकारले नेपाललाई दिने भएको हो ।
जापानका विदेश मामिलाका मन्त्री मोटेगी तोशिमिट्सुले मङ्गलवार कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेका हुन् ।
यस्तै नेपाल स्थित जापनीज दूतावासले  आउँदो महिना ९जुलाईको मध्य र अगस्तको अन्तिमतिर० नेपाललाई खोप उपलब्ध गराउने जानकारी दिएको छ ।
खरिद व्यवस्था सकिएपछि खोप कहिले नेपालमा अवतरण गर्ने भन्ने मिति टुङ्गो लाग्ने दूतावासले जनाएको छ । कोरोना भाइरसको महामारीकाबेला जापानले विभिन्न माध्यमबाट नेपाललाई सहयोग गर्दै आएको छ । 
यसबीच जापनले १६ लाख डोज खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने भएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार