२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्रीमा शेर बहादुर देउवा नियुक्त, चार बजे शपथको तयारी

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं , असार  । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गरेकी छन् ।

देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै केपी शर्मा ओली पदमुक्त भएका छन्। तर नियुक्ती आधिकारिक विज्ञप्ति भने बाहिर आइसकेको छैन् । 

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले नियुक्ती भइसकेको संचारमाध्यमहरुलाई बताएका छन् । आज मंगलबार दिउँसो ४ बजे देउवालाई शपथ गराइने कार्यक्रम छ ।
संविधानको धारा ७६ ९५० अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। योसँगै देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका छन् ।

देउवा २०५२ भदौमा पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०५८ मा दोस्रो पटक, २०६१ मा तेस्रो पटक र संविधान जारी भएपछि २०७४ मा चौथो पटक प्रधानमन्त्री भएका थिए ।
संभवत नेपालको इतिहासमा पहिलो पटक अदालतको आदेशबाट देउवा प्रधानमन्त्री बनेका हुन् । सर्वोच्च अदालतले सोमबार देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश दिएको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार