२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

शेरबहादुर देउवाको शपथ मङ्गलवार अपराह्न ४ बजे : बिहान ओलीको राजीनामा !

सोमवार , आषाढ २८, २०७८

काठमाडौं, असार  । प्रधानमन्त्रीमा १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा दाबी प्रस्तुत गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको शपथग्रहण भोलि मङ्गलवार अपराह्न ४ बजे हुने भएको छ । १४६ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनका तर्फबाट देउवालाई प्रधानमन्त्री प्रस्ताव गरिएको थियो । 

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न अन्तरिम आदेश भइसकेको छ । सर्वोच्चको सो अन्तरिम आदेशपछि देउवालाई प्रधानमन्त्रीमा पदमा शपथ गराउने तयारी भएको उच्च स्रोतले जनाएको छ ।
भोलि बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीको समेत राजीनामा आउने बालुवाटार स्रोतले जनाएको छ ।  ‘प्रधानमन्त्री ओलीले भोलि बिहानै राजीनामा गर्दै हुनुहुन्छ,’ बालुवाटार स्रोतले हाम्रा कुरासँग भन्यो ।

अहिले भने विपक्षी गठबन्धनको बैठक बसिरहेको छ । सरकार निर्माण सहित पछिल्लो राजनीतिक अवस्थाका विषयमा गठबन्धन आबद्ध दलहरूबिच कोटेश्वरमा छलफल भइरहेको हो ।

  साभार ः हाम्रा कुरा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार