२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

विपक्षी गठबन्धन

बैठक निर्णय : "देउवा नेतृत्वमा सरकार बनाउन लाग्ने "

सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने

सोमवार , आषाढ २८, २०७८

काठमाडौं, असार । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको छ ।

कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको छ । संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो ।

बैठकले गठबन्धन सरकारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले  जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार