२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्री ओलीका कारण राज्यका संयन्त्रले दुःख पाए : बिडारी

सोमवार , आषाढ २८, २०७८

काठमाडौं, असार । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राज्यका सबै संयन्त्रले दुःख पाएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीलाई असहज हुँदा कोरोना संक्रमण बढ्ने र लकडाउन हुने तर सहज हुँदा कोरोना नलाग्ने जस्तो गरिने गरेको उनको भनाइ छ ।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद बिडारीले भने, ‘कोरोना रोग प्रधानमन्त्रीको प्रेमिका जस्तो बनेको छ । प्रधानमन्त्रीलाई असहज भयो कि यो उफ्रेर नेपालमा आउँछ ।

अनि निषेधाज्ञा, लकडाउन, बन्दाबन्दी बन्छ । प्रधानमन्त्रीलाई सजिलो भएपछि यो जान्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार