२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो गण्डकी प्रदेशमा

आइतवार , आषाढ २७, २०७८

काठमाडौं, असार ।  कोरोना भाइरसको नयाँ भेरियन्ट गण्डकी प्रदेशमा भेटिएको छ ।

प्रदेशका स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ भेरियन्टको आशंकामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकोमा डेल्टा भेरियन्ट पुष्टि भएको हो ।

स्याङ्जाको कालिगण्डकीका १४ र ६० वर्षका दुइजना पुरुष र गोरखा बारपाक सुलिकोटका ३३,४० र ७० वर्षिया तीन महिलामा नयाँ भेरियन्ट पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।डेल्टा भेरियन्ट भाइरस यसअघिको अल्फा भेरियन्ट भन्दा बढी संक्रमित हुने भएकोले सचेतना अपनाउन शर्माले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार