काठमाडौं, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदबाट जनधनको दीर्घकालिन सुरक्षा गर्नका लागि सुरक्षित स्थानमा एकिकृत वस्ती निर्माण गरिनुपर्ने बताएका छन् ।
गत असार १ गते आएको भिषण बाढीबाट क्षतिग्रत भएको मेलम्ची क्षेत्रको शनिबार अवलोकन भ्रमण पश्चात स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार राखेका हुन् ।
‘यहीँ ठाउँमा त्यसैगरी उस्तै वस्ती, उहीँ ठाउँमा बजार बसाउने कुरामा धेरै कोशिस नगरौं । किनभने २/४ वर्ष कुनै पनि समय विनाश नआउँदासम्म त सुरक्षित हुन्छ । आएको बेला चाहिँ फेरि त्यसले बर्बाद गर्छ’, उनको भनाई थियो ।
बाढी पहिरोले खोला किनारका वस्तीहरु, बजारहरु, संरचना वा खेतीपातीलाई ने सँधै बिर्गाने बताउँदै प्रधानमन्त्रीले सुरक्षित वस्ती, सुरक्षित आवास र सुरक्षित ठाउँमा बाढी र पहिरोले केही गर्न नपाउने स्थानमा सार्ने र त्यो सुरक्षित स्थानमा भूकम्प प्रतिरोधक खालका संरचनाहरुको निर्माण गरेर मात्र सिन्धुपाल्चोकको जनताले सधैँ बेहोरिरहने कष्टलाई न्यून गर्न सकिने विचार प्रधानमन्त्रीको थियो ।
साथै प्रधानमन्त्रीले अहिले बगरको रुपमा परिणत भएको स्थानलाई भोलि बागबानी, बगैँचा, खेती, मत्स्य पालन आदि क्षेत्रहरुमा विकास गर्न सकिन धारणा समेत राखे ।
प्रधानमन्त्री सो भ्रमणका क्रममा राहत रकमका साथमा ३६६ घरका लागि १५ बण्डल जस्तापाता वितरण घोषणा गर्दै त्यो जस्तापाताले यहाँ तत्काल अस्थायी बसोवासको व्यवस्था गर्नका लागि अनुकूलता प्रदान गर्ने र, त्योसँगै ५० हजार रुपैया पनि तत्काल उपलब्ध गराइन बताए ।
भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीले उक्त मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँच पोखरी थाँगपाल गाउँपालिका र जुगल गाउँपालिकामा भएको क्षति, राहत तथा पुनस्र्थपना कार्यको विस्तृत जानकारी समेत लिएका थिए ।