२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगे

शनिवार , आषाढ २६, २०७८

काठमाडौं, असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्डले" नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्।

प्रचण्ड नेता नेपाललाई भेट्न शनिबार दिउँसो नेपाल निवास कोटेश्वर पुगेका हुन्। भेटमा उनीहरूबीच पछिल्लो  राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

एमाले एकताका लागि गठित कार्यदल सक्रिय भइरहेकोबेला उनीहरूबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।  कार्यदलको बैठक केही बेरमै बस्दैछ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार