२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस १४औं महाधिवेशन

पुरानो संस्थापन पक्ष छलफलमा : "सभापतिमा साझा उम्मेदवार बनाउने प्रयास"

एकताबद्ध ढङ्गबाट अघि बढ्ने वातावरण बनाइने

शुक्रवार , आषाढ २५, २०७८

काठमाडौं, असार । नेपाली कांग्रेस भित्रको पुरानो संस्थापन पक्ष आगामी १४औं महाधिवेशनमा सभापतिमा साझा उम्मेदवार बनाउनेबारे छलफलमा जुटेको छ ।

पुरानो संस्थापन पक्ष मानिएको रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र कोइराला परिवारसहितका नेता १४औं महाधिवेशनमा साझा उम्मेदवारको सम्भावनाबारे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा जुटेका हुन् ।

छलफलमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री सिटौला र प्रकाशमान सिंह, पूर्व सह महामन्त्री, अर्जुननरसिंह केसी र डा.रामशरण महत, डा.शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर केसीलाई बोलाइएको छ ।

यीमध्ये बलबहादुर केसी बाहेक सबै आगामी महाधिवेशनमा नेतृत्वका आकाङ्क्षी हुन् । यो छलफलको वातावरण भने नेता अर्जुननरसिंह केसीले बनाएका हुन् ।

उनले पूर्व संस्थापन पक्षमा रहेका नेता फेरी पनि अलग अलग समूह बनाएर महाधिवेशनमा जाने हो भने नेतृत्व लिन नसकिने भन्दै एकताबद्ध ढङ्गबाट अघि बढ्ने वातावरणका लागि यो प्रयास गरेको जानकारी दिए ।

‘पूर्व संस्थापन पक्षमा रहेका नेता फेरी पनि अलग अलग समूह बनाएर महाधिवेशनमा जाने हो भने नेतृत्व गुम्ने अवस्था छ, पार्टीको हितका लागि पनि एकताबद्ध ढङ्गबाट अघि बढ्ने वातावरणका लागि यो प्रयास भएको हो,’ नेता केसीले भने ।

छलफल साझा धारणा र सहमति कायम गरी एकल उम्मेदवारको खोजीमा अघि बढ्नेतर्फ केन्द्रित हुने उनले जानकारी दिए । छलफलमा सहभागी हुन नेता अहिले पुग्ने क्रम शुरु भएको छ । छलफलमा संस्थापन इतर समूहबाटै सभापतिका आकाङ्क्षी रहेका युवा नेता कल्याण गुरुङलाई भने बोलाइएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार