काठमाडौं, असार। पछिल्लो २४ घण्टामा १ हजार ८७५ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ मा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ को मृत्यु भएको छ भने १ हजार २८६ निको भएका छन् । बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । तीमध्ये ९ हजार ३२० को मृत्यु भएको छ भने ६ लाख १५ हजार ६१३ संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ रहेका छन् । जसमध्ये २३ हजार ६९२ होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५५ संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५७२ आईसीयू र १५७ भेन्टिलेटरमा उपचाररत् छन् ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २८७ संक्रमित थपिएका छन् । सुनसरीमा ११८, कास्कीमा १०५, ललितपुरमा ८२, मोरङमा ६५, चितवनमा ६० र भक्तपुरमा ५८ मा कोरोना संक्रमण देखिएको छ ।
यस्तै रुपन्देहीमा ४७, नवलपरासी पूर्वमा ३९, काभ्रेपलाञ्चोकमा २९, झापा र मकवानपुरमा २८/२८ , पाल्पामा २३, नुवाकोटमा २२, स्याङजामा २१ कोरोना संक्रमित थपिएका छन् ।
सुर्खेतमा १७, नवलपरासी पश्चिम र बर्दियामा १४/१४ , कैलालीमा १२ र बाँकेमा १० मा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्षमुनिका ४३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।