२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौँ उपत्यका : ' पछिल्लो २४ घण्टामा ५४३ संक्रमित थपिए'

बुधवार , आषाढ २३, २०७८

काठमाडौँ, असार । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५४३ संक्रमित थपिएका छन् । काठमाडौँमा ३९०, ललितपुरमा ८७ र भक्तपुरमा ६७ मा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ९७९ मा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै अहिलेसम्म कोरोना भाइरस संक्रमितको सङ्ख्या छ लाख ५० हजार १६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ को नमूना परीक्षण गर्दा दुई हजार ९७९ मा कोरोना भाइरस संक्रमण देखिएको छ ।

मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मुलुकभर सात हजार ८३५ को पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ७७ मा र चार हजार ६३ को एन्टिजेन परीक्षण गर्दा ९०२ मा संक्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३३३ संक्रमणमुक्त भएका छन् । यस अवधिमा २८ को कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । देशभर सक्रिय संक्रमितको सङ्ख्या २३ हजार ७५६ रहेको छ ।

सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा दुई हजार ७८८ छन् । यसैगरी ५७१ आइसियूमा र १६१ भेन्टिलेटरमा बसेर उपचार गराइरहेका छन् ।

नेपालमा हालसम्म कोरोना निको हुनेको सङ्ख्या छ लाख १४ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार २९१ भएको छ ।

देशभर ३३ लाख ९१ हजार ३७९ नमूनाको पिसिआर परीक्षण गरिएको छ । क्वारेन्टिनमा ३२३ जना रहेका छन् । आइसोलेसनमा रहनेको सङ्ख्या २६ हजार ५४४ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार