२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा : 'थप २९७९ मा कोरोना संक्रमण, २८ को मृत्यु '

बुधवार , आषाढ २३, २०७८

काठमाडौं, असार । पछिल्लो २४ घण्टामा थप २९७९ मा कोरोना संक्रमण पुष्टि भएको छ । २८ को कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ को पीसीआर टेष्ट गर्दा २०७७ मा संक्रमण पुष्टि भएको हो । यो संख्या आफैंमा कम भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् ।

लक्ष्मण भएका संक्रमितको सरकारी अस्पतालमा निःशुल्क परीक्षण हुने भन्दै उनले यदि कसैलाई कोरोना संक्रमण लक्ष्मण भए परीक्षण गराउन आग्रह गरे ।

यस्तै देशभरमा ४०६३ को एन्टिजेन परीक्षण गर्दा ९०२ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ छन्, जसमा काठमाडौंका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ छन् ।

हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार