२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा इटाली

बुधवार , आषाढ २३, २०७८

काठमाडौं, असार ।स्पेनलाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा प्रवेश गरेको छ। इटाली सन् २०१२ पछि युरो कपको फाइनलमा पुगेको हो। 
बुधबार विहान सकिएको पहिलो सेमिफाइनल खेलको पेनाल्टी सुटआउटमा इटालीका लागि पहिलो पेनाल्टी हानेका लोकाटेलीको प्रहारलाई स्पेनका गोलकिपर सिमोनले विफल पारे।
स्पेनका ड्यानी ओल्मोले पनि पहिलो पेनाल्टीमा गोल गर्न सकेनन्।  उनको प्रहार आकासिएको थियो। यस्तै अल्भारो मोराटाको चौथो प्रहारलाई इटालीका गोलकिपर दोनारुमाले विफल पारिदिएका थिए। 
पेनाल्टीमा इटालीका बेलोटी, बोनुची, फेडेरिको बेमारडेची र जोरगिन्होले गोल गरे।
स्पेनका मोरोनो र अल्कानटाराको प्रहार मात्र सफल हुन सक्यो।
निर्धारित ९० मिनेटको खेल १(१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटमा अतिरिक्त समय थपिएको थियो। जसमा पनि कुनै गोल हुन सकेन। 
खेलको अतिरिक्त समयमा इटालीका गोलकिपर डोनारुम्माले उत्कृष्ट आफ्नो टिमको संकट टारेका थिए।
९८ मिनेटमा स्पेनका ओल्मोको प्रहारलाई उनले विफल पारेका थिए। ११० मिनेटमा इटालीका बेरारीले बललाई जाली चुमाए पनि अफसाइड भएको थियो। 
त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इटालीले पहिले अग्रता लियो।
इटालीका लागि फेडेरिको चिएसाले ६० मिनेटमा गोल गरेका थिए। उनले इमोबिलको पासमा गोल गरेका थिए। 
त्यसअघि इटालीका इमरसनको प्रहार बारमा लाग्दा टिमले अग्रता लिने अवसर गुमाएको थियो। 
खेलको ८० मिनेटमा स्पेनले बराबरी गोल फर्काउन सफल भयो। स्पेनका लागि
अल्भारो मोराटाले बराबरी गोल गर्न सफल भए। 
मोराटालाई गोल गर्न ड्यानी ओल्मोले पास उपलब्ध गराएका थिए। मोराटा खेलको ६२ मिनेटमा फेरान टोरेशको स्थानमा मैदान छिरेका थिए। 
अब उपाधिका लागि इटालीले डेनमार्क वा इंग्ल्यान्ड मध्ये एक टिमसँग आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार