काठमाडौं, असार । पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५६५ कोभिड १९ बाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५८५ को नमुना परीक्षण गरिएको थियो ।
हाल सक्रिय संक्रमितको संख्या २५ हजार ८२८ रहेको छ ।