२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रदेश नं १ : 'प्रदेशसभा बैठक स्थगित'

आइतवार , आषाढ २०, २०७८

मोरङ, असार । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १६ औँ बैठक आज पनि स्थगित भएको छ ।

निर्धारित समयभन्दा एक घण्टा ढिलो शुरु भएको बैठकमा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यले उभिएर विरोध जनाएपछि उपसभामुख सरस्वती पोखरेलले बैठक स्थगित गर्नुभएको हो ।

प्रदेशसभाको अर्को बैठक असार २१ गते सोमबार दिउँसो २ बजे बस्ने छ ।

आजको बैठकमा प्रदेशसभा नियावली, २०७४ को नियम ११८(७) बमोजिम आर्थिक वर्ष २०७८÷७९ को विनियोजन विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार