२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

क्रियाशील सदस्यता छानबिन समिति : ' प्रवक्तामा प्रदीप पौडेल'

आइतवार , आषाढ २०, २०७८

काठमाडौँ, असार । नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ ।

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको हो ।

छानबिन समितिको आधिकारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

पार्टीका केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको उक्त समितिमा पौडेलसहित आनन्द ढुङ्गाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार