२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : 'थप ४६१ कोरोना संक्रमित'

आइतवार , आषाढ २०, २०७८

काठमाडौँ, असार । काठमाडौं उपत्यकामा थप ४६१ मा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार उपत्यकामा थप ४६१  संक्रमित थपिएका हुन्।

जसमध्ये काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१  संक्रमित थपिएका हुन्। नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ६०३ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। 

आठ हजार १३२ को कोरोना भाइरसको परीक्षण गराउँदा जम्मा सो संख्यामा संक्रमित थपिएका हुन्।

प्रवक्ता पौडेलका अनुसार पिसिआर विधिबाट जम्मा चार हजार ८७६ को पिसिआर र तीन हजार २५६ को एन्टिजेन परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट २७ ले ज्यान गुमाएका छन्।  नेपालमा दुई हजार ५५२  कोरोनाबाट निको भएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार