२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

युरोकप-२०२० : इंग्ल्याण्ड २५ वर्षपछि सेमिफाइनलमा

आइतवार , आषाढ २०, २०७८

काठमाडौं, असार । इंग्ल्याण्ड २५ वर्षपछि युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जारी युरोकप-२०२० अन्तर्गत अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० ले सहजै पराजित गर्दै इंग्ल्याण्ड अन्तिम चारमा पुगेको हो ।

सन १९९६ मा पछल्लो पटक इंग्ल्याण्डले युरोकपको सेमिफाइनल खेलेको थियो । त्यो बेला जर्मनीसँग पेनाल्टी आउटमा पराजित भएको इंग्ल्याण्डले साढे दशक दशकपछि पेरि सेमिफाइनलमा स्थान बनायो ।

इंग्ल्याण्डले अब फाइनल प्रवेशका लागि डेनमार्कसँग खेल्नेछ। रोममा भएको खेलमा इंग्ल्याण्डलाई जित दलाउन कप्तान ह्यारी केनले २ तथा ह्यारी मगुएरे र जोर्डन हेन्डरसनले एक/एक गोल गरे ।

खेलको चौथो मिनेटमै केनले गोल गर्दै इंग्ल्याण्डाई अग्रता दिलाएका थिए । पहिलो हाफमा त्यही अग्रता कायम राखेको इंग्ल्याण्डले दोस्रो हाफमा तीन गोल गर्‍यो ।

४६औं मिनेटमा मगुएरले गोल गर्दै अग्रता दोब्बर पारे । केनले ५०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने हेन्डरसनले ६३औं मिनेटमा गोल गरे । पहिलो पटक क्वाटरफाइनल पुगेको युक्रेनको यात्रा भने त्योभन्दा अघि बढ्न सकेन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार