२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : 'थपिए कोरोना संक्रमित ३७६, सक्रिय ७९५५'

शनिवार , आषाढ १९, २०७८

काठमाडौं , असार । शनिबार काठमाडौं उपत्यकामा ३७६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४६, ललितपुरमा ८१ र भक्तपुरमा ४९ संक्रमित थपिएका हुन्। 
काठमाडौं उपत्यकामा कुल ७ हजार ९५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।  हालसम्म काठमाडौं जिल्लामा ५ हजार ५१, ललितपुरमा १ हजार ६९४ र भक्तपुरमा १ हजार २१० सक्रिय संक्रमित छन्। 
कोरोना संक्रमण पछिल्लो २४ घन्टामा २३२८  कोरोना संक्रमण पुष्टि भएको छ मन्त्रालयका अनुसार मुलुकभरमा ५८३७ को पिसिआर परीक्षणबाट १५२७ मा संक्रमण पुष्टि भएको छ भने ४२९६ को एन्टिजेन परीक्षणबाट ८०१ मा पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३०६६  संक्रमणमुक्त भएका छन्।  १९ को ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म ९१९८ को मृत्यु भइसकेको छ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार