२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा : '२३२८ संक्रमित थपिए, ३०६६ संक्रमण मुक्त'

शनिवार , आषाढ १९, २०७८

काठमाडौं , असार । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २३२८ मा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १३३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार मुलुकभरमा ५८३७ को पिसिआर परीक्षणबाट १५२७ मा संक्रमण पुष्टि भएको छ भने ४२९६ को एन्टिजेन परीक्षणबाट ८०१ मा पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३०६६ जना संक्रमणमुक्त भएका छन्।  १९ को ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म ९१९८ को मृत्यु भइसकेको छ

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार