२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

'कोभिड विरुद्ध खोप दुई दिनबाट ल्याउन थालिने' : प्रधानमन्त्री ओली

शनिवार , आषाढ १९, २०७८

काठमाडौ, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोभिड महामारीबीच पनि विकासको काम अगाडि बढाइरहेको बताएका छन् । उनले अब दुई दिनमा कोभिड विरुद्धको खोप ल्याउन थालिने पनि बताए ।
समुन्द्रटार त्रिशुली–३ बी हब १३२ केभी प्रसारण लाइन र सबस्टेशनको शनिबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले भौतिक र सामाजिक मात्र नभएर सरकारले चौतर्फी विकासको अभियान अगाडि बढाएको बताए । त्रिशुली–३ बी हब १३२ केभी प्रसारण लाइन र सबस्टेशनको उद्घाटन पनि एक उचाइ भएको बताए ।
सो अवसरका उनले अबको दुई दिनमा कोभिड विरुद्धको खोप ल्याउन थालिने पनि बताए । कोभिडलाई भ्याक्सिनद्धारा अन्त्य गर्ने काम चाँडो पूरा गरिने उनले बताए । खोप पाइएन भन्ने स्थितिबाट चाँडै पार हुने उनको भनाइ थियो ।
सबैलाई एकैपटक भ्याक्सिन लगाउने जनशक्ति पनि नभएकाले समूहगत रुपमा लगाइने उनले बताए । जोखिम र उमेरसमूह अनुसार सबैलाई खोप दिइने उनले बताए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार